एभरेष्ट प्रिमियर लिग : चितवन टाइगर्सद्वारा काठमाडौं किंङ्सलाई १६१ रनको लक्ष्य



२४ मंसिर २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सले काठमाडौं किंङ्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङगरेको चितवनले १९ ओभर चार बलमा १६० रन बनाएर अलआउट भयो । आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्‍यो । उसका लागि पउल स्ट्रलिङले १३ बलमा ३४ रन बनाए । तर ५१ रनमा ६ विकेट गुमाएको चितवन भने अन्तिम बलसम्म खेल्न पाएन ।

बलिङतर्फ प्रदीप साहुले दुई तथा संसद शेखले दुई तथा सागर पुन र केभिन ओब्राइनले एक एक विकेट लिए। काठमाडौंले अहिले जवाफि ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्