शहीद स्मारक ए डिभिजन लिग : जावलाखेललाई पराजित गर्दै थ्री स्टार दोस्रो स्थानमा



२३ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लबले जावलाखेललाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको खेलमा थ्री स्टारले जावलाखेललाई २–० ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेका प्रतिद्वन्दी टोलीहरुको बिचको नतिजामा फरकपन आएको हो ।

थ्री स्टारका लागि दुबै गोल रजित धिमालले गरेका हुन् । यस जितसँगै थ्री स्टार तालिकाको दोस्रो स्थानमा आसिन रहेको छ । यसअघि भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० को गोलअन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्