शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा गोलरहित बराबरी



२३ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले थ्री स्टार तथा जावलाखेलबीच भईरहेको खेलको पहिलो हाफमा दुबै टोलीले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । जितलाई आफ्नो बनाउनका लागि मैदान उत्रेका दुई टोलीबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।

यसअघि भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्