
२३ मङ्सिर २०७५, काठमाडौं
बुढानिलकण्ठ नगरपालिका वडा नं. १०, कपन, नारायणचोकस्थित ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको ११ औँ वर्षगाँठको उपलक्ष्यमा वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । उक्त साधारण सभाको सभापतित्व त्यसै संस्थाका अध्यक्ष श्री रविन्द्रजंग थापाज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि माननीय सभासद् क्षेत्र नं. ४ (ख) का कुशुमकुमार कार्कीज्यू रहनुभएको थियो । त्यसैगरी बु.न.पा. वडा नं. १० का अध्यक्ष नवराज भट्टराईज्यू विशेष अतिथिको रुपमा रहनुभएको थियो भने कार्यक्रमको प्रस्तोता संस्थाकै सचिव वसन्तलाल लामिछाने रहनुभएको थियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापतिले संस्थाको आ.व. ०७४/७५ को प्रगति विवरण र भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष श्री हरि बहादुर भण्डारीले संस्थाको आर्थिक हिसाबकिताबको विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिले आफ्नो भनाइ राख्दै पर्यटकीय विकास र प्रवद्र्धनमा सहकारी संस्थाहरूको सहभागिता अपरिहार्य रहने बताउनुभयो साथै उहाँ प्रदेशीय सहकारी विधान मस्यौदा समितिको सदस्यका हिसाबले बोल्दै आगामी दिनमा सहकारीमा सदस्यहरूको सहभागितालाई बढाउन, अन्य क्षेत्रमा सहकारीको लगानी बढाउन साथै स्थानीय तहमा पर्यटकीय व्यापारलाई प्रोत्साहित गर्ने गरी नयाँ मस्यौदा बन्न लागेको पनि जानकारी गराउनुभयो । उक्त अवसरमा ज्ञानलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि शैक्षिक सम्मानद्वारा सुश्री तनिसा ढकाललाई सम्मान गरेको थियो भने उत्कृष्ट खुत्रुके बचतकर्ता र उत्कृष्ट बचतकर्ताका रुपमा क्रमशः रसिल शिवाकोटी र य माया खड्कालाई सम्मान गरेको थियो । समाजमा समुदायको आर्थिक, सामाजिक विकासमा योगदान पु¥याएबापत जय त्रिपुरा बहुउद्देश्यीय सहकारी संस्थालाई संस्थागत सम्मानद्वारा सम्मान गरेको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका व्यावस्थापक श्री निर्मल बास्तोलालाई पनि सम्मान गरेको थियो ।

यस संस्थाका सदस्यद्वय श्री हरिभक्त बुढाथोकी र कृष्ण प्रसाद पाठकज्यूद्वारा स्थापित अक्षयकोष “ज्ञानलक्ष्मी जेष्ठ सदस्य सम्मान तथा पुरस्कार कोष”बाट यसै संस्थाका सदस्यद्वय श्री रनसिँह भण्डारी र श्रीमती अनन्त कुमारी आचार्यलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । अन्तमा संस्थाका सचिव श्री वसन्तलाल लामिछानेज्यूले संस्थाले आगामी दिनहरूमा यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा सहकार्य गर्दै अगाडि बढ्ने र अन्तर सहकारीबिच समन्वयन कायम गरी सीपमूलक कार्यक्रमहरू, गोष्ठी, तालिम आदि सञ्चालन गर्ने कुरा जानकारी गराउनुभएको थियो ।





