शहीद स्मारक ए डिभिजन लिग : सरस्वतीविरुद्ध एपीएफको सहज जित



२३ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा एपीएफले सरस्वतीविरुद्ध सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले सरस्वतीलाई ३–० को फराकिलो गोलअन्तरले हराएको हो ।

खेलको पहिलो हाफमै २ गोलको अग्रता लिएको एपीएफले खेलको दोस्रो हाफमा १ गोल प्लस गरि ३ गोल बनाउन सक्यो भने, उता सरस्वतीले भने बदलामा १ गोल फर्काउन समेत चुक्यो । खेलको १८ औं मिनेटमा रुपबहादु लामाको गोलबाट अग्रता लिन सुरु गरेको एपीएफले खेलको निर्धारित समयसम्म आईपुग्दा २ गोल थप गर्दै ० को विरुद्ध ३ गोल हान्न सक्यो ।

जितसँगै एपीएफले १० अंक प्राप्त गर्यो भने, सरस्वती ६ अंकमै सिमित रहेको छ । तालिकोको ७ औं स्थानमा एपीएफ आसिन हुन पुग्यो भने, सरस्वती ९ औं स्थानमै अडिएको छ ।

प्रतिक्रिया दिनुहोस्