स्पनिस ला लिगा : मेस्सी नायक हुँदा बार्सिलोनाद्वारा इस्पान्योल पराजित



२३ मंसिर २०७५, काठमाडौं

स्पेनिस ला लिगा अन्तर्गत गएराती भएको १५ औं खेलमा बार्सिलोनाले इस्पान्योललाई उसकै घरेलु मैदानमा हराएको छ । दर्शकका लागि विशेष बनेको खेलमा बार्सिलोनाले इस्पान्योललाई ४–० ले पराजित गरेको हो ।

अवे मैदानमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले २ गोल गरे । उनले १ गोलका लागि असिस्टसमेत गरे । त्यस्तै, उसामान डेबेलेले १ गोल गरे भने १ गोलका लागि असिस्टसमेत गरे । त्यसैगरी, लुइस स्वारेजले पनि १ गोल गरे । सुरुबाटै बार्सिलोना हाबी भएको खेलमा उसका लागि खेलको १७औं मिनेटमा मेस्सीले फ्रि किकबाट दर्शनीय गोल गरेका थिए । डि– एरियाभन्दा बाहिरबाट उनले पोस्ट को माथिल्लो कुना च्यापेर प्रहारले जाली सोझै जाली चुमेको थियो ।

त्यसपछि खेलको २६औं मिनेटमा उसामान डेम्बेले पनि दर्शनी गोल गरे । उनले मेस्सीको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ४५औं मिनेटमा स्वारेजले इसापन्योलका डिफेन्डर र गोलरक्षकलाई छलाउँदै सजिलै गोल गरेपछि बािर्सलोना पहिलो हाफमा ३–० ले अघि रह्यो ।त्यसपछि दोस्रो हाफमा पनि बार्सिलोनाले १ गोल हान्यो । सो गोल मेस्सीले नै ६५औं मिनेटमा हानेका थिए । त्यसपछि बाँकी समयमा गोल हुन सकेन । र, खेल बार्सिलोनाले ०–४ ले जित्यो ।

बार्सिलोना यसै वर्षको सुरु जनवरीमा इस्पान्योलको घरमा भएको कोपा डेल रे फुटबलमा १–० ले हारेको थियो । त्यसपछि भएको खेलमा उसले सोही मैदानमा ०–४ को जित निकाल्यो । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा यथावत रहेको छ । उसले १५ खेलबाट ३१ अंक जोडको छ । त्यसपछि सेभिल्ला र एथ्लेटिको मड्रिड समान २८–२८ अंक साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्