शहीद स्मारक ए डिभिजन लिग : आज तीन खेल हुँदै



२३ मंसिर २०७५, काठामाडौं

शहीद स्मारक ए डिभिजन लिगमा आइतबार तीन खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आइतबार बिहान ११ बजे हुने खेलमा सरस्वती युथ क्लब र एपीएफ खेल्नेछन भने दोस्रो खेलमा थ्रीस्टार र जावलाखेल तथा च्यासल युथ र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

सरस्वतीको ६ खेलबाट ६ अंक नै छ भने एपीएफको समान खेलबाट सात अंक छ । अर्को खेलमा उपाधिको दाबेदार थ्रीस्टारले जावलाखेलसँग खेल्नेछ ।

६ खेलबाट मात्र चार अंक रहेको जावलाखेल अंक तालिकाको ११औँ स्थानमा रहेको छ । त्यस्तै ६ खेल नै खेलेको थ्रीस्टार भने पाँच खेलमा विजयी र एक खेलमा पराजित हुँदै १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । हलचोक मैदानमा च्यासलले फ्रेन्ड्स क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्