‘सामाजिक सुरक्षा कार्यक्रम’ मा १९६ वटा उद्योग तथा १९४ रोजगारदाता सामेल



२१ मंसिर २०७५, काठमाडौं

सरकारले भर्खरै लागू गरेको योगदानमा आधारित ‘सामाजिक सुरक्षा कार्यक्रम’ मा १९६ वटा उद्योग सामेल हुने भएका छन् । त्यसैगरि कार्यक्रममा १९४ जना रोजगारदाता पनि सामेल हुने जनाईएको छ ।

सामाजिनक सुरक्षा कोषले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । सो तथ्यांक मंसिर २० सम्मको हो ।  कार्यक्रममा सामेल हुनका लागि गत मंसिर ०६ बाट आवेदन खुला गरिएकोे थियो । कोषले ३ महिनाभित्र संस्थामा कार्यरत सबै कर्मचारीलाई सूचीकरण गरिसक्नु पर्ने प्रावधान रहेको पनि उल्लेख गरेको छ ।

कोषमा रोजगारदाताको २० प्रतिशत, श्रमिकको ११ प्रतिशत गरि ३१ प्रतिशत योगदान रहने छ ।

प्रतिक्रिया दिनुहोस्