मिस वर्ल्डको फाइनलका लागि भोटिङ लाइन खुल्ला : नेपाललाई भोट गरिरहन श्रृङ्खलाको आग्रह



२१ मङ्सिर २०७५, काठमाडौं

मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ ।

बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्डको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।

भोटिङ लाइभ टेलिकास्टमा बन्द गरिने बताइएको छ । श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

 

प्रतिक्रिया दिनुहोस्