पहिलो पटक रग्बी विश्वकपको ट्रफी कालापत्थरमा, आज पशुपतिमा



२१ मंसिर २०७५, काठमाडौं

रग्बी विश्वकपको ट्रफी पहिलो पटक नेपालमा ल्याइएको छ । आगामी सन् २०१९ को सेप्टम्बरमा जापानमा हुने खेलको ट्रफी पहिलो पटक नेपालमा भित्र्याईएको हो ।

सो ट्रफीलाई नेपालमा विभिन्न प्रमुख स्थानहरुमा भ्रमण गराईने छ । नेपालको प्रमुख स्थान स्वायम्भुनाथ, बौद्धनाथ, पशुपतीनाथ, पाटन दरबार स्क्वायरसमेत पुर्याईने बताईएको छ ।

जसमा कालोपत्थरमा सो ट्रफी हिजो (विहिबार) पुर्याईएको थियो भने, आज पशुपतीनाथमा राखिने बताईएको छ ।  त्यस्तै नेपालको प्रमुख स्थानहरुमा टुर सकिएपछि भने मंसिर २२ गते टुडिखेलमा रग्बी फेस्टिभलसँगै ट्रफी पदर्शनी गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्