उद्योग समितिद्वारा ४ उप–समिति गठन



२१ मंसिर २०७५, काठमाडौं

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ४ वटा उपसमिति गठन गरेको छ ।

समितिको बुधबार सिहंदरबारमा बसेको बैठककले सो उपसमिति गठन गरेको हो ।  जसमा वाणिज्य तथा आपूर्ति उपसमिति, उपभोक्ता हित समिति, सार्वजनिक संस्थान उपसमिति तथा श्रम तथा रोजगार उपसमिति रहेका छन् ।

५/५ जना सदस्यसहितको उपसमितिले आफ्नो कार्यविधि आफै बनाउने निर्णय समेत भएको छ । उपसमितिलाई आवश्यक अध्ययन, अनुसन्धान गरि समितिको कामलाइ प्रभावकारी बनाउन समेत सचेत गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्