मेस्सीसँग म्याराडोनाको तुलना गर्न मिल्दैन : पेले



२१ म्ांसिर २०७५, काठमाडौं

विश्व फुटबलका एक उत्कृष्ट खेलाडीको सूचीभित्र राखिन्छ मेस्सीलाई । उनले अहिलेको नयाँ पुस्ताले त उनलाई फुटबल किङको समेत संज्ञा दिएका छन् । त्यस्तै उनी धेरैको फेभरेट प्लेयरको रुपमा पनि रहन्छन् ।

तर विश्व फुटबलका एक लिगेनज खेलाडी पेले (एड्सन अरैटेस डो नासिमेटा) ले भने उनलाई अर्जेन्टिनाका खेलाडी तथा बार्सिलोना कप्तानसमेत रहेका लियोनेल मेस्सीमा फुटबलका लागि हुनुपर्ने पुर्ण गुण उनीमा नभएको बताएका छन् । पछिल्लो समयमा मेस्सीलाई अर्जेन्टिनाका पूर्व–खेलाडी म्याराडोनासँग पनि तुलना गर्न गरिन्छ ।

तर, पेलेले भने उनीमा एउटा मात्रै कला भएको बताएका छन् । उनले सधैं एउटै खुट्टाले मात्रै बल हान्छन्, पेले भन्छन्, उनी राम्ररी हेडिङग पनि गर्न सक्दैनन् ।

एक अन्तरवार्ताको क्रममा उनले भने, ‘मेस्सी म्याराडोनाको तुलना गर्न सकिदैन, किनकी म्याराडोनाले मेस्सीभन्दा धेरै राम्रो खेल्न सक्थे ।’

प्रतिक्रिया दिनुहोस्