
२० मङ्सिर २०७५, इटहरी
प्रदेश नं १ मा ट्राफिक सप्ताहसँगै बिभिन्न जिल्लामा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हिजो भएको कर्यक्रममा इटहरी २० स्थित लोकमार्गमा सञ्चालन भएका सवारी साधनहरूलाई सचेतनामूलक १०० थान स्टिकर टाँस्नुका साथै पर्चा पम्प्लेट समेत वितरण गरिएको थियो ।
हिजै सडक सुरक्षा सप्ताह २०७५ अन्तर्गत तेस्रो दिन आम जनमानसमा ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने र सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यलय झापा, ट्राफिक प्रहरी पोष्ट काँकडभिट्टा र नेपाल रेडक्रस झापाको संयुक्त आयोजनामा मेची नगरपालिका ६ काँकडभिट्टा बसपार्कमा फोटो प्रदर्शनी साथै निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

झापामै मेची नपा ६ स्थित काँकडभिट्टा माविका विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको थियो । मेची नगरपालिका १३ चार आली चोक स्थित नेपाल रेडक्रस चार आली झापा र ट्राफिक प्रहरी पोस्ट चार आलीको संयुक्त टोलीले सडक प्रयोगकर्ता तथा सर्वसाधारणलाई ट्राफिक सचेतनामूलक पर्चा वितरण गरेको थियो ।
त्यस्तै दमक नपा ५ स्थित चिया बगानमा ट्राफिक प्रहरी कार्यालय दमक र रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा सवारी साधनका चालकहरूलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरी सडक सुरक्षा नेपाल स्टिकर टासगरी पर्चा पम्पेट वितरण गरेको थियो ।
यसै गरी उदयपुर त्रियुगा नगरपालिका ६ इलाका प्रहरी कार्यालय जलजले परिसर भित्र ७ जना मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूलाई भेला जम्मा गराई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएको थियो ।





