शहीद स्मारक ए डिभिजन लिग : सतप्रतिशत जित निकाल्ने मनाङलाई फेरी अर्को सफलता



१९ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दीले जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले जावलाखेल यूथ क्लबलाई १–० ले हराएको हो । खेलको पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर, खेलको दोस्रो हाफमा भने मनाङले १ गोल हान्न सक्यो, यता जावलाखेल भने शून्यलाई नै छाड्न सकेन ।

मनाङको लागि अन्जन विष्टले प्यानल्टीबाट पहिलो अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा भएको विपक्षको फल्टलाई आधार बनाई मनाङले जित हात पारेको हो ।

अहिलेसम्म सतप्रतिशत जित निकाल्ने टोली मनाङले ६ खेलबाट २० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्