विश्व क्रिकेटबाट भारतीय खेलाडी गम्भीरले लिए सन्यास



१९ मंसिर २०७५, काठमाडौं

भारतीय क्रिकेटर गौतम गम्भीरले सन्यास लिएका छन् । पछिल्लो समय इण्डियन प्रिमियर लिगमा सिमित बनेका गाम्भीरले सन्यासको घोषणा गर्दा भने, ‘केही मेरो कथा लेखिरहेको थियो, अहिले उसको कलमको मसी सकियो ।’

भारतलाई सन् २००७ को टि–२० विश्वकप र सन् २०११ को एक दिवशीय विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका ३७ वर्षीय गाम्भीरले ५८ टेस्ट, १४७ एक दिवशीय र ३७ टि–२० खेल खेलेका छन् । उनले टि–२० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध ७५ रन बनाएका थिए भने एक दिवशीय विश्वकपको फाइनलमा ९७ रनको उत्कृष्ट पारी खेलेका थिए ।

रणजी ट्रफी अन्तर्गत आन्द्रविरुद्धको खेल ३७ वर्षे गाम्भीरको करियरको अन्तिम खेल हुनेछ । उनले टेस्टमा ११ शतकसहित ४,१५४ टेस्ट रन बनाएका छन् । एक दिवशीयमा भने उनले ५,२३८ रन जोडे । कोलकाता नाइट राइडर्सलाई सन् २०१२ र २०१४ को इण्डियन प्रिमियर लिगको उपाधि जिताउनका लागि गाम्भीरको भूमिका महत्वपूर्ण थियो ।

प्रतिक्रिया दिनुहोस्