शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा गोलरहित बराबरी



१९ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगको आज जावलाखेल तथा मनाङ मर्स्याङदीबीच चलिरहेको खेलको पहिलो हाफमा दुबै टोलीले बराबर खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलको पहिलो हाफमा दुबै टोलीहरुले गोलरहित बराबर खेलेका हुन् । दुबै टोली जितलाई आत्मासाथ गर्दै मैदान उत्रेका छन् । बलियो प्रतिद्वन्दी उपाधी दाबेदार मानिएको मनाङ, तालिकाको अन्तिमतिर रहेको जावलाखेलाई हराएर सतप्रतिशत जितलाई अगाल्ने दाउमा छ ।

त्यस्तै यता, जावलाखेल भने मनाङलाई अप्रत्यासित रुपमा हराउन खोजिरहेको छ । खेलको अहिलेसम्मको नतिजालाई नियाल्दा मनाङ शीर्ष स्थानमा छ । भने यता, जावलाखेल भने ११ औं स्थानमा मात्र छ ।

प्रतिक्रिया दिनुहोस्