युइएफएले च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा भिआर प्रयोग गर्ने



१९ मंसिर २०७५, काठमाडौं

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा भिआर (भिडियो असिस्टेन्ट रेफ्री) प्रयोग गर्ने निर्णय गरेको छ ।

युइएफएले यसबारे जानकारी दिँदै जारी सिजनको अन्तिम १६ बाटै भिडियो रेफ्री प्रयोग गने निर्णय गरेको हो । जारी सिजनको नक आउट चरण सन् २०१९ को फेब्रुअरी महिनाबाट सुरु हुँदैछ । अहिले समूह चरणको अन्तिम चरणको खेल बाँकी छन् । युएफएले अहिले नकआउट चरणबाट भिआर प्रयोग गगरेर आगामी सिजनबाट भने सुरुबाटै भिडियो रेफ्री प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

युइएफएले यसअघि भने अर्को सिजनबाट मात्रै भिआर प्रयोग गर्ने बताएको थियो । तर, उसले यसै सिजनको मध्यसिजनबाटै भिआर प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्