
१८ मङ्सिर २०७५, इटहरी
विभिन्न समयमा राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरुको आयोजना तथा इटहरी क्षेत्रका क्रिकेट खेलाडीहरुले अभ्यास गर्ने खेल मैदान इटहरी उपमहानगरपालिकाले मास्न लागेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको सो मैदानमा उपमहानगरपालिकाले जनता पार्क वनाउने भएपछि क्रिकेट प्रेमीहरुले विरोध जनाएका हुन । वुधवार उपमहानगरपालिकाले डिभीएम् ग्लोवल स्कुलमा रहेको खेल मैदान मास्दै पार्क शिलान्यासको तयारी गरेको छ । तर पार्क शिलान्यास कार्यक्रम विथोल्ने सम्मको क्रिकेट प्रेमीहरुले चेतावनी दिएका छन ।
क्रिकेट मैदान मासेर जनता पार्क वनाउने उपमहानगरपालिको निर्णय सच्याउनु पर्ने माग गर्दै इटहरी क्षेत्रमा रहेका विभिन्न क्लवहरुले उपप्रमुख लक्ष्मी गौतमलाई ज्ञापन पत्र समेत वुझाएका छन । ज्ञापन पत्र वुझ्दै उपप्रमुख गौतमले क्रिकेट मैदान आवश्यक रहेको र अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान वनाउने योजना रहे पनि भई रहेको क्रिकेट मैदानको विकल्प विहीन अवस्थामा मास्नु नहुने आफ्नो पनि व्यक्तिगत वुझाई रहेको वताइन । उनले कार्यपालिका वैठकमा यो विषयमा कुरा उठाउने समेत जानकारी दिइन ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेट प्रतियोगिता आयोजना गरिएको र सो क्रममा राष्ट्यि खेलकुद परिषदले पिच वनाउन लगानी लगाएको साथै विभिन्न समयमा राष्ट्यि प्रतियोगिता समेत हुदै आएको खेल मैदानको विकल्प
नदिई मास्ने काम गरिए खेलाडिहरुले पार्क शिलान्यास कार्यक्रम विथोल्ने इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश विष्टले चेतावनी दिए ।
त्यसै गरी एकेडेमीकै सचिव सिपी पौडेलले पनि विकल्प विना मैदान मास्न खोजे आफुहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।





