मल सर्टेज : माग दैनिक सय बोरा, आपूर्ति हप्तामा सय बोरा



१८ मङ्सिर २०७५, मोरङ

नेपाललाई कृषि प्रदान देश भन्ने गरिन्छ तर खेतीका समयमा मल बिउ नपाउने तथा सिँचाईको प्रबन्ध राम्ररी नपाउने समस्याले गिज्याउन भने अझै छाडेको छैन । सरकारले आफ्नो बार्षीक कार्यक्रमको ‘टप फाईव’ योजनामा अटाउने कृषि क्षेत्र समस्या मुक्त बन्ने छाँटकाँट देखिएको छैन । यस्तै समस्या यो बर्षको हिउँदे वाली लगाउने किसानले समेत भोगेका छन् । यतिवेला किसानहरू हिउँदे बाली लगाउन व्यस्त छन् । तोरी, गहुँ, फापर, मकैं र आलु जस्ता हिउँदे बाली लगाउने बेला घर्किन लागेको छ तर किसानले समयमै मल र बीउ पाउन सकेका छैनन् । सरकारले पर्याप्त मल उपलब्ध भएको बताईरहेको छ । तर किसानले  हिउँदे बालिका लागि मल नपाएको गुनासो गरिरहेका छन् भने मल बिक्रेताले मागको २० प्रतिशत मात्र मल आएको बताउने गरेका छन् । धान रोप्ने सिजनमा चाहिने युरिया अभाव हुने र गहुँ छर्ने सिजनमा चाहिएको डिएपी मल अभाव हुने समस्याले आफूहरू हैरान भएको मोरङ जहदाका किसान पर्शुराम राजवंशीको भनाइ छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री वितरण गर्दै आएको छ । यी संस्थानहरूले आवश्यकता अनुसार मल आपूर्ति नसक्दा किसानले मार बेहोर्नु परिरहेको हो । कटहरी गाउँपालिकामा रहेको राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाको मल विक्री केन्द्रका प्रमुख राजु राजवंशीले दैनिक १०० बोरा डिएपी मल बिक्री हुने गरेकोमा कम्पनीले हप्तामा १०० बोरा मात्र दिने गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्