इनरुवा नगरपालिका विरुद्ध अख्तियारमा उजुरी



१८ मङ्सिर २०७५, सुनसरी

पटक–पटक विभिन्न कार्यशैलीका कारण विवादमा पर्ने गरेको सुनसरीको इनरुवा नगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यालयका साथै विकास निर्माणका काममा चरम भ्रष्टाचार भएको भन्दै इनरुवा नगरपालिका विरुद्ध अख्तियारमा उजुरी परेको हो । छानबिनका लागि अख्तियारमा परेको उजुरी इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा दर्ता नं. १६२६ मा दर्ता भएको छ ।

नगरपालिकामा जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको भन्दै जागरुक नागरिक दबाव समूहले निवेदन दिएको हो । समूहका संयोजक पारसमणि यादव र सहसंयोजक दिनेशकुमार लम्साल  लगायत ११ जनाको हस्ताक्षर गरी उजुरी दर्ता गराएका हुन् ।

इनरुवाक्षेत्रका विभिन्न बाटोमा कालोपत्रे नै नगरी बिल भर्पाई मिलाएर २५ भ्रष्टाचार गरेको आरोप समूहले लगाएको छ ।

यस्तै नियम विपरीत पेस्की वितरण गरेको, टेन्डर नगरी २५ वटा भन्दा बढी मोटरसाइकल खरिद गरेको, जनप्रतिनिधि आएपछि इन्धन खर्च ९ गुणा बढाइएको लगायत १ दर्जन आरोप नगरपालिका माथि लागेको छ ।

मापदण्ड विपरीत बाटो बनाइएको, सो क्रममा व्यक्तिगत घर, जग्गा बचाउन सार्वजनिक जग्गामा बनेका मन्दिर, पसल भत्काइएको समेत निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्