प्याब्सन काठमाडौँ महानगर कमिटीको अध्यक्षमा मुरारी प्रकाश सञ्जेल



०९ मङ्सिर २०७५, काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन काठमाडौँ महानगर अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले मुरारी प्रकाश  सञ्जेलकोे अध्यक्षतामा २१ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो ।

शनिबार चावहिलमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा ज्ञान बहादुर श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले निजी क्षेत्रमा सञ्चालीत बिद्यालयले अहिले धेरै प्रकारका चुनौतीको सामना गर्नु परेको बताउनु भयो । उहाले भन्नु  भयो धेरै प्रकारका  ऐन नियमहरु सरकारले बनाइरहेको छ  सबै प्रकारका ऐन नियमले निजी बिद्यालयलाई मर्का परिरहेको छ । सामाजीक सुरक्षा ऐन, शिक्षा ऐन,  निशुल्क शिक्षा तथा छात्रबृती लगायतका बिषय बस्तुले निजी लगानीलाइ प्रभावित पारेको कुरा उल्लेख गर्दै भन्नु भयो निजी बिद्यालयका लागी कुन ऐन बढी आकर्षीत हुन्छ  यसमा हामी स्पस्ट हुन चाहन्छौं ।

काठमाडौं प्याब्सनका पूर्व अध्यक्ष तथा बरिष्ठ सल्लाहकार गोपाल आचार्यले सामुदायीक बिद्यालय भनेको निजी बिद्यालयहरु रहेको र सरकारले सन्चालन गरेको बिद्यालय सरकारी भएको बताउनुभयो उहाँले भन्नु भयो यहाँ भाषा मिलिरहेको छैन सरकारले सन्चालन  गरेको बिद्यालय कसरी सामुदायीक ? निजी  बिद्यालयले  प्रत्यक्ष समुदायमा काम गरिरहेकोले हामी सामुदायीक हौ सरकारले सन्चालन गरिरहेको बिद्यालय सरकारी नै हो । त्यसैले प्याब्सनले शिक्षा क्षेत्रमा जसरी योगदान गरिरहेको छ यसको कदर राज्यले गर्नुपर्छ ।

नवनिर्वाचित अध्यक्ष मुरारी प्रकाश सन्जेलले परिवर्तन खबर डटकमसँगको संक्षिप्त कुराकानीमा  बिद्यालय बिचमा सौहार्दपुर्ण बाताबरणको निर्माण सबै प्रकारका बिद्यालयहरुलाइ समेट्ने सामाजिक सुरक्षा ऐनको बिषयमा छलफल गरी प्याब्सनको धारणा राख्ने सजाय मुक्त शिक्षण सिकाइको अन्त्य गर्ने  शिक्षण सिकाईलाइ अझ प्रभावकारी बनाउने एवम् गुणस्तरीय शिक्षाको लागी सबै पक्ष सँग छलफल गरी दक्ष जनशक्तिको बिकास गर्ने परीक्षा प्रणालीलाइ ब्यवस्थित गर्ने र निजी बिद्यालयको हक हितका लागि काम गर्ने बताउन भयो ।

प्याब्सनका काठमाडौं जिल्ला उपाध्यक्ष प्रेम कुमार राइले वर्तमान समयमा प्याब्सन एक ढिक्का भएर अगाडि बढ्नुका साथै नेपाल सरकारले डब्लुटिओ बिप्पा बिमस्टेक लगायतका अन्तर्राष्ट्रिय कानुनहरुमा हस्ताक्षर गरिसकेको र खुल्ला अर्थतन्त्रले अङ्गीकार गरिसकेको हुनाले सोही अनुसार नीजि लगानीमा संचालित विद्यालयहरुलाई व्यवहार गरिनुपर्ने र त्यसको संरक्षण र प्रवर्द्धन गरी निजी लगानीको सुरक्षा गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापती तथा काठमाडौं प्याब्सनका उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख प्रेम राइले टोखा नगर कार्य समिती निर्विरोध ढंगले निर्वा्चित भएकोमा सबैलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक उपलब्धी हासिल गर्न सबैको सहकार्य आवस्यक रहेको बताउनु भयो

प्रतिक्रिया दिनुहोस्