
१८ मङ्सिर २०७५, अर्घाखाँची/ सुवास गौतम
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका २ पोखराथोक रयाले निवासी राजेन्द्र गौतमले मिहिनेत गरे पैसा कमाउन विदेश जानु पदैन भन्ने बिषयलाई प्रमाणित गरेका छन ।
सामान्य परिवारमा जन्मेका राजेन्द्र आर्थिक स्थीती कमजोर भएपछि एलसीपास गरी रोजगारीको लागी भारतको पंजावमा पुगेका थिए । गौतमले भारतको पंजावमा रही निरन्तर रुपमा करिव १ दशक सम्म इलेक्ट्रिक मेकानिकको रुपमा काम गरेपनि उनले सोचे अनुसारको आर्थिक प्रगती हुन सकेको थिएन ।
राजेन्द्र जागिरको शिलशिलामा एक्कासी क्षयरोगवाट विरामी भएपछि डाक्टरको सल्लाहमा केही समय नेपालमा आराम गर्ने भन्दै घर फर्किएका थिए ।
बिरामी भई घर फर्किएका गौतमले छिमेकी र आफन्तको सल्लाहमा गाई पाल्ने निर्णय गरे ।
सुरुमा रु पाँच लाख जम्मा गरि गाई पालन सुरु गरेका गौतमले आफुले रोजगारी सिर्जना गर्ने बिचारले आफैं फम नै स्थापना गरेर ब्यवसाय सञ्चाल गरेका हुन् ।
उनले अहिले आएर मासिक रुपमा ५० हजार भन्दा धेरै आम्दानी गरेका छन् दैनिक ४० लिटर भन्दा माथी निरन्तर दुग्ध विक्री गर्दे आएका छन् ।
उनले आफुले भारतमा रहँदा मिहिनेत अनुसारको पैसा कमाउन नसकेको भन्दै उनले भने हाल आएर मात्र मिहिनेत अनुसारको गाईपालनवाट मनग्य आम्दानी गरेको बताउँछन् । गौतमले भने नेपालमै ब्यवसायिक रुपमा आधुनिक तवरले पशुपालनलाई गर्न सके यहि जति पनि कमाई गर्ने सकिने कोही युवा पनि रोजगारीको लागि विदेश जानु नपर्ने बताउँछन ।
गौतमले गाईपालन सँगै कृषिलाई पनि अगाडी बढाएका छन् करिव ५ रोपनी जग्गामा आलु कोभी मुला सिमी टमाटर जस्ता तरकारीहरु गर्दे आएका गौतमले कृषि पेशालाई पनि ब्यवसायिक रुममा गर्ने सोच बनाएको वताउँछन ।





