क्रिकेटर सन्दीप कलेज भर्ना



१८ मंसिर २०७५, काठमाडौं

नेपाली लेग स्पेनर सन्दीप लामिछानेले खेलसँगै अध्ययनलाई पनि अघि बढाउने सोचका साथ कलेज भर्ना भएका छन् ।

जसका लागि उनले बौद्धस्थित जेभियर इन्टरनेशनल कलेजमा मंगलबार विहान आफै पुगेर एड्मिसन गरेका हुन् । उनले ब्याचलर पहिलो वर्षमा मानविकी अन्तर्गतको बीएसडब्लुलाई मुल विषय बनाएर एड्मिसन गरेका हुन् । उनले प्लस टू मा भने म्यानेजमेन्ट राखेर पढेका थिए ।

एड्मिसन पछि उनले भने, ‘पहिलो प्राथमिकता त क्रिकेट नै हो, त्यसको अलवा म पढाईमा समय ब्यातीत गर्ने सोचमा छु ।’

प्रतिक्रिया दिनुहोस्