शहीद स्मारक ए डिभिजन लिग : एपीएफद्वारा एआरटी पराजित



१८ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा एपीएफले जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले एआरटीलाई २–१ ले हराएको हो । खेलको पहिलो हाफमा १–१ को बराबरी खेलेपनि खेलको दोस्रो हाफमा आएर एपीएफले १ गोल थप्न सफल भयो । तर, एआरटी भने १ गोलमै सिमित रह्यो ।

जितसँगै एपीएफले ७ अंक जोडेको छ । यता एआरटीले भने लगातार हार बेहोरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्