
१५ मङ्सिर २०७५, काठमाडौं
डिन अन्तर स्कुल लोक नृत्य प्रतियोगीता एन्जि लर्ड हाई स्कूल कोटेश्वरमा सम्पन्न भएको छ ।

डिन अन्तर विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगीतामा सिनियर तर्फ नेपाल सेन्ट्रल हाई स्कुल जडिबुटी प्रथम भएको छ भने द्वितियमा क्यानभास स्कुल बानेश्वर, तृतिय एन्जीलर्ड हाइ स्कुल कोटेश्वर र सान्त्वनामा जागृती एकेडेमी हाई स्कुल भएका छन् ।

त्यसैगरी जुनियर तर्फ वीनसम इङ्गलिस स्कुल गोठाटार प्रथम, ज्ञानमाला स्कुल रामहिटी बौद्ध द्वितिय, क्यानभास स्कुल बानेश्वर तृतिय र सान्त्वना हेरिटेज स्कुल चाबहिल भएका छन् ।
त्रिभुवन विश्वविद्यालय नेपाली बिभाग प्रमुख तथा समालोचक राजेन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम डिन अध्यक्ष तथा प्याब्सन केन्द्रीय सदस्य रमेश कूमार लिङ्देनको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्याब्सनका काठमाडौं जिल्ला उपाध्यक्ष प्रेम राई विशेष अतिथि रहेको कार्यक्रममा अतिथिहरु डिनका सचिव तथा प्याब्सन काठमाडौंका सह–सचिव सूर्य बहादुर भण्डारी, प्याब्सन गोकर्णेश्वर नगर कमिटीका नव निर्वाचित अध्यक्ष मदन सुवेदी, प्याब्सन काठमाडौंका सदस्य जेबी हमाल, अनिल पराजुली, विष्णु अर्याल र आरबी अधिकारी लगायत रहेका थिए ।





