बालोन डि‘ओर अवार्डको होल्डर लुका, दशकौँदेखिको मेस्सी र रोनाल्डोको दबदबा सुख्खा



१८ मंसिर २०७५, काठमाडौं

रियाल मड्रिडका क्रोएसियाली मिडफिल्डर लुका मोड्रिकले बालोन डि‘ओरमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एक दशकदेखिको दबदबा अन्त्य गर्दै गएराति उपाधि कब्जा गरेका छन् ।

रुसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनल सम्म पुर्याउन मुख्य भूमिका खेल्नुअघि ३३ वर्षे मोड्रिकले रियालको टोलीबाट कीर्तिमानी लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । २००७ मा ब्राजिल तथा एसी मिलानका तत्कालिन फरवार्ड काकाले जितेयता बालोन डि‘ओरमा मेसी र रोनाल्डोवाहेक अरु खेलाडीले जित्न सकेका थिएनन् । यसबीचमा मेसी र रोनाल्डोले समान पाँचरपाँच पटक बालोन डि‘ओरको उपाधि जितेका थिए ।

गएराति दशकपछि पहिलो पटक मेसी र रोनाल्डोलाई निराश पार्दै मोड्रिकले उपाधिमा कब्जा जमाउँदा उनका पूर्व रियाल टिम सहयात्री रोनाल्डो उपविजेता भए । रोनाल्डो यसै सिजनको सुरुआतमा रियाल छोडेर इटालियन च्याम्पियन युभेन्टससँग अनुबन्ध भएका थिए । यसैगरी बार्सिलोनाका फरवार्ड मेसी भने पाँचौं भए । फ्रान्सले रुस विश्वकपमा उपाधि जित्दाका मुख्य नायकहरु एट्लेटिको मड्रिडका एन्टानी ग्रिजम्यान तेस्रो भए भने पेरिस सेन्ट जर्मन (पीएसजी)  का किलियन एमबाप्पे चौथो भए ।

गत सिजन उत्कृष्ट लयमा रहेका मोड्रिडले सेप्टेम्बरमा सम्पन्न फिफा फुटबल अवार्डमा सर्बोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए । त्यसअघि विश्वकपमा उनले सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल पाएक थिए । वर्षमा तेस्रो ठूलो उपाधि जितेपछि मड्रिडले अवार्ड पछिल्लो १० वर्ष मेसी र रोनाल्डोको दबदबा हुँदा उपाधिबाट विमुख भएका अन्य खेलाडीमा समर्पण गरे ।

“सायद पछिल्ला वर्षहरुमा पनि केही खेलाडी यो पुरस्करको हकदार थिए होलान । सायद जाभी, आन्द्रियास इनियस्टा वा वेस्ले स्नाइडरजस्ता खेलाडीले बालोन डि‘ओर जित्न सक्थे । अन्तत मेसी र रोनाल्डोभन्दा वाहेककोले सफलता हासिल गरेको छ,” बीबीसीसँग उनले भनेका छन्, “अवार्डको हकदार भएर पनि नजित्ने सबै खेलाडीमा म यो अवार्ड समर्पण गर्न चाहन्छु । मेरा लागि यो साच्चै विशेष वर्ष रहयो । यो मेरा लागि अत्यन्तै विशेष छ । यो अवसरमा आफ्ना भावना बाढनका लागि मसँग सायद शब्द पर्याप्त हुँदैन ।’ उनले भने ।

मड्रिडले रोनाल्डो र मेसी साच्चै असाधारण खेलाडी भएको बताउँदै थपे, “यसपाली जित्नु भनेको मैले मैदानमा यो वर्ष पक्कै पनि केही विशेष प्रदर्शन गरेको हुनुपर्छ । त्यसैले २०१७–१८ मेरो वर्ष रहयो ।”

बालोन डि‘ओरका लागि मनोनयनमा रहेका ३० खेलाडीमध्ये रियालबाटमात्र मड्रिडसहित आठ खेलाडी थिए । जसमा वेल्सका अन्तर्राष्ट्रिय स्ट्राइकर गारेथ बेल १७औं भए ।

बालोन डि‘ओरमा पहिलो पटक महिला विधा थप गरिँदा लियोन तथा नर्वेकी २३ वर्षे स्ट्राइकर एडा हेगेरबर्गले अवार्ड जितिन । यसैगरी १९ वर्षे एम्बाप्पे पहिलो पटक समावेश यु–२१ विधातर्फको कोपा ट्रफिको हकदार बने ।

यो पनि पढ्नुहोस्

अवार्ड बालोन डि‘ओर आज घोषणा हुँदै, पालो लुकाकै हो त ? कि कसले मार्ला बाजी ?

 

प्रतिक्रिया दिनुहोस्