
१७ मङ्सिर २०७५, काठमाडौं
“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्चितता” भन्ने मूल नारा तथा “मलाई गणना गर, समावेश गर” भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ तथा उक्त क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई क्त शुभकामना सन्देश व्यक्त गरिएको छ ।
राष्ट्रपति भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेरिनुका साथै उनीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाको लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुनुपर्नेमा समेत जोड दिएकी छिन् ।






