शहीद स्मारक ए डिभिजन लिग : छैंठौं चरणको खेल मंगलबार बाट



१७ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको छैंठौं चरणको खेल भोली (मंगलबार) बाट सुरु हुँदै छ । छैंठौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

बुधबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, च्यासल युथ क्लब र हिमालयन शोर्पाबीच तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच खेल हुनेछ । बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ ।
मङ्सिर २२ गतेदेखि सातौँ चरणका खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथो हुनेले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौंले रु पाँच लाख पुरस्कार पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्