यूएई टी १० : उपाधी वारियर्सलाई किङ्स भने उपाधीबिहिन



१७ मंसिर २०७५, काठमाडौं

यूएईमा सम्पन्न टी १० लिगको उपाधि नर्थन वारियर्सले जितेको छ । नेपाली युवा सन्दिप लामिछाने सम्मिलित केरला किङ्स सुपर भने लिगबाट बाहिरिएको थियो । सन्दीपले सुरुका खेलमा राम्रो प्रदर्शन गरेको भएपछि पछिल्ला खेलहरुमा अपेक्षित कुशलता देखाउन सकेनन् ।

आतबार राति युएईको शारजाह क्रिकेट मैदानमा सम्पन्नफाइनलमा वारियर्सले पख्तुन्सलाई २२ रनले हराउँदै उपाधि जितेको हो । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको पख्तुन्सले ७ विकेटको क्षतिमा मात्र १ सय १८ रन बनाउन सक्यो । पख्तुन्सको लागि आन्द्रे फ्लेचरले १८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन । त्यस्तै शफिकउल्लाह २६, कप्तान शाहिद अफ्रिदीले १७ रन बनाए पनि अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा उपविजेतामा सिमित हुनुपर्यो । नर्थनलाई उपाधि जिताउन क्रिस ग्रीन र हार्डसले २९२, तथा आन्द्रे रसेल र रभी बुपराले समान एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नर्थनले ३ विकेटको क्षतिमा १ सय ४० रनको बिशाल स्कोर बनाएको थियो । नर्थनका लागि रोवमन पावेलले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे । आन्द्रे रसेलले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३८ रन बनाएपछि नर्थनले विशाल रन बनाएको हो ।

निकोलस पूरनले पनि १८ रन जोडेका थिए। पख्तुन्सका लागि शाहिद अफ्रिदी, मोहम्मद इफ्रान र शारफुद्दीन अशरफले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्