पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि सुरु



१७ मंसिर २०७५, काठमााडौं

पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप आजदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा प्रतियोगिता सम्पन्न हुने बताईएको छ ।

प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिले जनाएको छ । एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्ने छ ।

प्रतियोगितामा एक हजार एकसय खेलाडीको सहभागिता रहने आयोजकको दावी रहेको छ । करीब रु ४० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा १५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्