सवैंधानिक परिषद्को बैठक बस्दै, भावी प्रधानन्यायधीसमा चोलेन्द्रकै सम्भावना



१७ मंसिर २०७५, काठमाडौं

सवैंधानिक परिषद्को बैठक अहिले बसिरहेको छ । भावी प्रधानन्यायधीसको सिफारिसको लागि बसिरहेको बैठक विहान ११ बजेबाट सुरु भएको हो ।

हालका प्रधानन्यायधीस ओम प्रकाश मिश्रको उमेर हदका कारण अवकास पाउने भएपछि सो प्रक्रिया चालिएको हो । जसका लागि चोलेन्द्र शमसेर जबरा तथा दीपकराज जोशीमध्ये एक जनाको नामलाई परिषद्ले सिफारिस गर्ने छ ।
जसमा दीपकराज जोशीको नामलाई यसअघि नै संसदीय सुनुवाईले अस्वीकृत गरिसकेको छ ।

यो अवस्थालाई हेर्दा भावी प्रधानन्यायधीसमा चोलेन्द्र शमसेर नै फिट हुने सम्भावना देखिएको छ । अरु जानकारी भने आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्