फ्रेन्च लिग : नेइमार घाईते हुँदा नतिजा बराबरी



१७ मंसिर २०७५, काठमाडो.

फ्रेन्च लिगमा पिएसजी बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा पिएसजी बर्डिअक्ससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

बर्डिअक्सका लागि जिम्मी ब्रियन्ड र आन्द्रेयस कोर्नेलियसले एक एक गोल गरेका थिए भने पिएसजीका लागि नेइमार र एम्बाप्पेले एक एक गोल गरेका थिए । पिएसजीको यस खेलमा नेइमार घाइते भएका छन् । उनी मसलमा समस्या भएपछि खेलको ५७औ मिनेटमा मैदान छोडेका थिए ।

पिएसजीले यस सिजनमा खेलेका १५ खेलमा पहिलो पटक बराबरी खेलेको छ । पिएसजीले १४ खेलमा जित हासिल गर्दै अहिले १५ खेलमा ४३ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्