इङ्लिस प्रिमियर लिग : लिभरपुलले संघर्षपूर्ण जित



१७ मंसिर २०७५, काठमाडौं

इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधी दाबेदार टोली लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ ।

गतराति भएको लिगको १४औं हप्ताअन्तर्गत उसले आफ्नो घर एनफिल्डमा भएको खेलमा पाहुना टोली एभर्टनविरुद्ध १–० को कठिन जित निकालेको हो । लिभरपुलले अतिरिक्त समयमा गोल गर्दै खेल जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ र निर्धारित ९० मिनेटसम्म पनि दुवै पक्षबाट कुनै गोल भएको थिएन ।

खेल गोलरहित बराबरीमा सकिनै लाग्दा थपिएको समयको अन्तिम समय ९६औं मिनेटमा लिभरपुलले गोल हान्यो । सो गोल सब्चिच्युट खेलाडी डिभोक ओर्गीले गरेका थिए । उनकै १ मात्रै निर्णायक गोलको मदतमा लिभरपुलले महत्त्वपूर्ण जित निकाल्यो ।

यो जितपछि लिभरपुल यो सिजन अपराजित रहँदै १४ खेलबाट ३६ अंक बनाएर लिगको दोस्रो स्थानमा रहेको छ । ऊ शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २ अंकले मात्रै पछि छ । तेस्रो स्थानको चेल्सीको खातामा ३१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्