शहीद स्मारक ए डिभिजन लिग : आर्मीद्वारा शेर्पा पराजित



१६ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–१ को गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमै अग्रता लिएको आर्मीले दोस्रो हाफमा १ गोल थप्दै २ गोल हान्न सफल भयो भने, शेर्पा क्लब भने १ गोलमै सिमित रह्यो ।

खेलको ३३ औं मिनेटमा कप्तान भरत खवासको गोलबाट अग्रता पाएको आर्मीले आफ्नो ध्येय पुरा गरेको छ । साथै कप्तान भरत खवास म्यान अफ द म्याच समेत चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्