विराटनगरमा आजबाट कर्पोरेट फुटसल सुरु



१६ मंसिर २०७५, काठमाडौं

विराटनगरमा आजदेखि कर्पोरेट फुटसल सुरु भएको छ । द स्र्पोट्स हव विराटनगरले गर्ने प्रतियोगिता आजदेखि सुरु भई आगामी मंसिर २२ गतेसम्म संचालन हुने जनाईएको छ ।

फुटसल प्रतियेगितामा नेपालका ‘क’ वर्गका ८ बैंकहरुको सहभागिता रहने जनाईएको छ । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ‘ए’ मा नेविल, सिटिजन्स, सानिमा र समूह ‘बी’ मा मेघा, जनता र नेपाल बैंक रहेको बताईएको छ । प्रतियोगिता आगामी २३ गतेसम्म चल्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्