पहिलो टेस्ट खराब प्रदर्शन गरेको वेष्टइन्डिजले दोस्रो पनि सुधार्न सकेन



१६ मंसिर २०७५, काठमाडौं

बंगलादेश भ्रमणमा रहेको वेष्टइन्डिजले दोस्रो टेस्टमा पनि खराव प्रदर्शन जारी राखेको छ । पहिलो टेस्टमा ६४ रनले पराजित भएको भ्रमणकारी टिम ढाका टेस्टमा पनि निरिह देखियो ।

दोस्रो टेस्टको दोस्रो दिन बंगलादेशले पहिलो इनिङमा ५ सय ८ रनको विशाल स्कोर तयार गरेको छ । जवाफि लक्ष्य पछ्याएको वेष्टइन्डिज ७५ रन बनाउँदा ५ विकेट गुमाएको। बंगलादेशले दोस्रो टेस्टको दोस्रो दिन २ सय ५९ मा ५ विकेट गुमाएको अबस्थाबाट सुरु गरेको थियो । जहाँ सकिब अल हसन ५५ तथा महमुदुल्लाहले ३१ रनबाट दोस्रो दिनको खेल सुरु गरेका थिए । सकिबले ८० रन बनाउँदा महमुदुल्लाहले १ सय ३६ रनको सानदार शतकीय इनिङ खेल्दै घरेलु टोलीलाई पहिलो इनिङमा नै बिशाल स्कोरका लागि अघि बढाए। त्यस्तै बंगलादेशका लागि दोस्रो दिन लिटोन दासले पनि अर्धसतकीय इनिङ खेले। बंगलादेश ५ सय ८ रन बनाउँदा पहिलो इनिङमा अलआउट भएको थियो ।

घरेलु टोलीको उत्कृष्ट प्रदर्शनपछि पहिलो इनिङ सुरु गरेको पाहुना टोली वेष्टइन्डिजले दिनको खेल सकिंदा २४ ओभरमा ७५ रन जोड्दा आफ्ना महत्वपुर्ण पाँच विकेट गुमाइसकेको छ । वेष्टइन्डिज अझै ४ सय ३३ रनले पछि रहेको छ । २९ रनको अबस्थामा पाँच विकेट गुमाएको वेष्टइन्डिजलाई सिम्रोन हेटमेयर र सेन डउरिचले समालिरहेका छन् । हेटमेयर ३२ तथा डउरिच १७ रनमा अजिबित रहे ।

प्रतिक्रिया दिनुहोस्