शहीद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्सद्वारा मछिन्द्र ३–० ले पराजित



१६ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेन्ड्स क्लबले जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रविरुद्ध फ्रेन्ड्सले ३–० को फराकिलो जित निकालेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुई प्रतिद्वन्दी टोलीको नतिजा खेलको दोस्रो हाफमा भने फराकिलो फरक भयो ।

जितसँगै फ्रेन्ड्सले ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्