संवैधानिक परिषद्को बैठक सोमबार बस्दै, सम्भावना चोलेन्द्र शमसेरकै हो त ?



१६ मंसिर २०७५, काठमाडौं

संवैधानिक परिषद्को बैठक (भोली) सोमबार बस्ने भएको छ ।

हालका प्रधानन्यायधीस ओम प्रकाश मिश्रले अवकास पाउने भएपछि बैठक बस्न लागेको हो । आगामी पौष १७ गते उमेर हदका कारण प्रधानन्यायधीसबाट उनले अवकाश पाउँदै छन् ।

उनले अवकाश पाउने एक महिना अगाडी नै अर्का नयाँ प्रधानन्यायधीसको नाम सिफारिस गर्न लागिएको हो । यसअघि न्यायपरिषद् सचिवालयले चोलेन्द्र शमसेर तथा दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । जसमा दीपकराज जोशीको नाम संसदीय सुनुवाईले अस्वीकार गरिसकेको छ ।

यस अवस्थालाई नियाल्दा अब देशले पाउने प्रधानन्यायधीसमा चोलेन्द्र शमसेर हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्