ला लिगा : एइबारसँग पराजित रियल फेरी जितको बाटोमा



१६ मंसिर २०७५,काठमाडौं

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड जितको बाटोमा पर्किएको छ । गत राति भएको लिगको १४ औं खेलमा  भ्यालेन्सियालाई हराउँदै रियल जितको बाटोमा फर्किएको हो ।

रियल यसअघिको खेलमा एइबारसँग अवे मैदानमा ३–० ले हारेको थियो । तर, सो खेलपछि रियल आफ्नो घर सान्टियागो बेर्नाबेउमा भएको खेलबाट जितको बाटोमा फर्किएको हो । भ्यालेन्सियालाई आफ्नो घरमा हराउनेक्रममा रियलले खेलको आठौं मिनेटमा उपहार गोल पाएको थियो । रियलका राइट ब्याक ड्यानी कार्भाहालले कठिन गरी पोस्टमा प्रहार गरेको बल भ्यालेन्सियायका ड्यानिएल वासले टाउकोले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

सोही गोलको मदतमा रियल पहिलो हाफमा १–० ले अगाडि रह्यो । त्यसपछि खेलको ८३औं मिनेटमा लुकास भासक्वेजले गोल गरेपछि रियलले खेल २–० ले जित्यो । यो जितसँगै रियलले अंक तालिकामा एक स्थान सुधार गरेको छ । ऊ १४ खेलबाट २३ अंक जोड्दै लिगको पाँचौं स्थानमा चढेको छ । पराजित भ्यालेन्सिया भने समान १४ खेलबाट १७ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्