शहीद स्मारक ए डिभिजन लिग : रञ्जनको ब्यक्तिगत गोल, थ्री स्टारको जित



१४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा थ्री स्टारले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफविरुद्ध थ्री स्टारले २–० को सहज जित निकालेको हो । खेलको पहिलो हाफमै १ गोलको अग्रता लिएको थ्री स्टारले खेलको दोस्रो हाफमा आएर फेरी १ गोल थप्न सक्यो ।

खेलमा दुबै गोल रञ्जनले गरेका छन् । जितसंगै थ्री स्टार लिगको शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबर गरेको छ । थ्री स्टारले ५ खेलबाट १२ अंक जोडेको छ । तर, एक खेल कम खेलेको मनाङसंग हेट टु हेडमा पछि पर्दै थ्री स्टार दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्