शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा थ्री स्टारको अग्रता, एपीएफ प्रयासरत



१४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा थ्री स्टार क्लबले अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको खेलको पहिलो हाफमा एपीएफविरुद्ध थ्री स्टारले १–० को अग्रता लिएको हो ।

थ्री स्टारका लागि रञ्जन विष्टले खेलको २५ औं मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्