नेपाल र कम्बोडियाबीच ४ समझदारीपत्रमा हस्ताक्षर



१४ मंसिर २०७५, काठमाडौं

नेपाल तथा कम्बोडियाबीच ४ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हु सेन तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय बैठकपछि सो समझदारीपत्रमा हस्ताक्ष भएको थियो । बिहिबार राती भएको परामर्श संयन्त्र स्थापनासम्बन्धि समझदारीपत्रमा दुई देशका प्रधानमन्त्रीबीच हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा कुटनीतिक, अफिसियल पार्सपोस्ट वाहकलाई भिजामा छुट दिने, हवाई सेवा सम्बन्धि तथा साँस्कृतिक सहयोगसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको जनाईएको छ ।

बिहिबार नेपाल आईपुगेका हु सेनको स्वागतका लागि काठमाडौंमा रात्रीभोज समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्