प्रधानमन्त्री ओली र काउन्सिलर सुकीबीच ‘वान टु वान’ भेटवार्ता



१४ मंसिर २०७५, काठमाडौं

नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी र प्रधानमन्त्री केपी ओलीबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।

नेपालमा हुने ‘एशिया पेसिफिक समिट कन्फेरेन्स’ का लागि बिहिबार (हिजो) काठमाडौं आईपुगेकी सुकीसँग द्विपक्षिय हित तथा आपसी सम्बन्धका बारेमा छलफल भएको बताईएको छ ।

होटल अन्नपुर्णमा भएको भेटमा प्रधानमन्त्री लागायत परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, ओलीको मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहाकार राजन भट्टराईको पनि उपस्थिति रहेको जनाईएको छ ।

सो भेटपछि प्रतिनिधिमण्डलसहितको भेट हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्