चौतर्फि विरोधपछि जोर विजोर प्रणाली हट्यो



१४ मंसिर २०७५, काठमाडौं

पहिलो दिनमै चौतर्फि विरोध भएको जोर विजोर प्रणाली आजबाट हटेको छ ।

लागू भएको हिजो पहिलो दिनमै यसको चौतर्फि विरोध भएपछि सो प्रणाली हटाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ‘एशिया पेसिफिक समिट’ का लागि काठमाडौं आउने विभिन्न देशका बिशिष्ठकृत ब्यक्तिहरुलाई बाटोमा सहज होस भनी अपनाईएको सो प्रणाली आजबाट हटाईएको हो ।

काठमाडौं भित्रको यात्रुका लागि सास्ती भएकाले सरकारले क्षणिक आलोचना समेत सहनुपरेको थियो । त्यसपति गृहमन्त्रालयको निर्देशनमा सो प्रणाली हटाईएको हो ।

प्रतिक्रिया दिनुहोस्