शहीद स्मारक ए डिभिजन लिग : एआरटीविरुद्ध पूलीस क्लबको सहज जित



१४ मंसिर २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नेपाल पूलीस क्लबले सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पूलीस क्लबले न्युरोड टिम (एआरटी) लाई ३–० को सहज जित निकालेको हो । खेलको ४१ औं मिनेटको गोलबाट अग्रता पाएको नेपाल पूलीस क्लबले खेलको निर्धारित समयसम्म आईपुग्दा सम्म पनि आफुलाई हारबाट टाढै राख्न सक्यो ।

दोस्रो हाफमा अग्रतालाई अझै निरन्तरता दिनका लागि खेलाडीद्वय अभिषेक तथा निर कुमारले १–१ गोलको योगदान दिए । यस जितसँगै नेपाल पूलीस क्लबले ५ खेलबाट १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्