टी–१० : सन्दीप अनुबन्धित किङ्स बानियार्ससँग पराजित



१४ मंसिर २०७५, काठमाडौं

यूएईमा जारी टी–१० लिग नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अनुबन्धित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । आज भएको पाँचौ खेलमा नर्थन बानियार्ससँग ८ विकेटले पराजित भएको छ ।

सन्दीपले बलिङमा खराब प्रदर्शन गरेपछि केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य बानियार्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो । बानियार्सको सहज जितमा निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गरे । पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे । सन्दीपले पाँचौ खेलमा खराब प्रर्दशन गरे । आफ्नो पहिलो स्पेल लिएर चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई निकोल्स पूरनले उक्त ओभरमा ३ छक्का प्रहार गरे । उनले पहिलो ओभरमा २२ रन खर्चे । खराब सुरुवात पाएका सन्दीप दोस्रो ओभरमा झनै महँगो सावित भए ।

आफ्नो दोस्रो स्पेल लिएर आएका सन्दीपलाई रसेलले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । त्यस्तै पाँचौ बलमा पुरनले पनि छक्का प्रहार गरेपछि नर्थनले सहज जित हात पारेको हो । सन्दीपले सम्रगमा २ ओभरमा ४७ रन खर्चिए । चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सबीद्ध २ ओभरमा २८ रन खर्चिएका थिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सक्यो ।

ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्