युरोपा लिग : पीएओकेको पोस्टमा चेल्सीको ४ गोल



१४ मंसिर २०७५, काठमाडौं

युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब चेल्सीले ग्रिसको क्लब पीएओकेविरुद्ध सहज जित निकालेको छ । गएराती भएको खेलमा चेल्सीले पीएओकेलाई ४–० को गोलअन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिराउडले २ गोल गरेका थिए भने युवा खेलाडी कल्लुम हड्सन ओडोईले एक तथा अल्भारो मोराटाले एक गोल गरे । चेल्सीको घरेलु मैदानमा भएको खेलमा खेलको सातौ मिनेटमा पिएओकेका खेलाडी एभहेन खाचेरिडीले रातो कार्ड खाएर मैदान छोडेपछि पीएओके १० खेलाडीमा सिमित भएको थियो । चेल्सी यो जितपछि समुह एलमा पाँचै खेल जितेर १५ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहेको छ ।

समुहमा बेट क्लब र भिडी क्लब ५ खेलमा ६–६ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने पीएओके ५ खेलमा ३ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्