साफ महिला च्याम्पियनसिप विराटनगरमा हुँदै



१४ मंसिर २०७५, काठमाडौं

साफ महिला च्याम्पियनसिप आगामी फागुन अन्तिममा विराटनगरमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो कुराको जानकारी प्रेस विज्ञप्ती जारी गर्दै दिएको हो ।

फागुन २८ बाट सुरु हुने खेल चैत्रको २ गतेसम्म चल्ने जनाईएको छ । यो पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप हो । यसअघि श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले आयोजना गर्नेबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो । त्यसपछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय मंसिर पहिलो साता गरेको थियो ।

समूह ‘ए’ मा नेपालसँगै नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् । त्यस्तै, समूह ‘ब’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालको उपाधी जित्ने लक्ष्य रहेको छ । त्यही अनुसारको अभ्यास पनि लामो समयदेखि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्