भुकम्प पछिको पुर्नःनिर्माणबारे अधिकारकर्मीको कार्यशाला सम्पन्न



१३ मंसिर २०७५, काठमाडौँ

मानवीय जवाफदेहीता अनुगमन अभियान (हामी)मानवअधिकार एलाइन्स काठमाडौँले भुकम्प पछिको पुर्नःनिर्माण र सामाजिक पुर्नःनिर्माण अवधारणा विषयक एकदिने अन्तरक्रिया कार्यक्रम बानेश्वरमा सम्पन्न गरेको छ ।

भुकम्प पछि राहत वितरण र पुर्नःनिर्माणमा सक्रिय गैरसरकारी संस्थाहरुको सामूहिक पहलमा स्थापित हामी सञ्जालले सरोकारवालहरुसँग समन्वय गर्दै नेपाल सरकारलाई समेत विभिन्न सुझावहरु दिंदै आईरहेको कार्यक्रममा बताईएको थियो ।

देशका सातै प्रदेशबाट सहभागी मानव अधिकारकर्मी लगायत एक सय भन्दा बढि सहभागीको उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका महासचिव कृष्णचन्द्र न्यौपाने, विनय दत्त, प्रदिप पोखरेल, पूर्णशोभा चित्रकार, कृष्ण गौतम लगायतले डा खतिवडाद्वारा प्रस्तुत कार्यपत्रमा सुझाव दिएका थिए ।

भुकम्प पछिको पुर्नःनिर्माण र सामाजिक संघसंस्थाहरु हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीका जिज्ञासाको जवाफ दिंदै नेपाल सरकार पुर्नःनिर्माण अभियानलाई गति दिन र झन्झटिला प्रकृयालाई सुधार गर्दै गैसससँग सहकार्य गरि पुर्नःनिर्माणको गतिलाई बढाउन लागि परेको बताए ।

मानव अधिकार एलाइन्सका वरिष्ठ उपाध्यक्ष समिर नेपालले अध्यक्षता गरेको कार्यक्रममा एलाइन्सका महासचिव डा पदम प्रसाद खतिवडाले पुर्नःनिर्माणमा भएको प्रगति र सुधार गर्नु पर्ने विषय सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए भने मानव अधिकारकर्मी विदुर सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्