एनएनआइपीए को उत्कृष्ट वर्ष पुरस्कार २९ खेलाडीलाई प्रदान गरिदै



१३ मंसिर २०७५, काठमाडौं

राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ (एनएनआइपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट अवार्ड यो पटक २९ खेलका २९ खेलाडीहरुले पाउने भएको छन् ।

अवार्ड आगामी पौष १३ मा दरबार स्क्वायरमा हुने जनाईएको छ । संघले वर्षभरि हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा खेलाडीहरुको उपलब्धिको आधारमा उनीहरुलाई सो अवार्ड दिईदैँ आएको छ । यसअघिका वर्षहरुमा संघले ३५ खेलाडीहरुलाई अवार्डेड गर्दै आएकोमा यस पटक भने २९ जनालाई अवार्डेड गर्न लागेको हो ।

खेलहरु, फुटबल, पौडी, भलिबल, टेबलटेनिस, शुटिङ, बक्सिङ, भारत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आइटिएफ तेक्वान्दो, ब्याटमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स, गल्फ र कुस्तीका एक एक उत्कृष्ट खेलाडी अवार्डेड हुने छन् ।

प्रतिक्रिया दिनुहोस्